धान भित्र्याउने चटारोमा खोकनाका किसान (तस्बिरहरू)

काठमाडौँ । बेमौसमी वर्षाले हालै सुदूरपश्चिम, लुम्बिनी, प्रदेश १ का साथै देशका विभिन्न भागमा जनधनका साथै धान तथा तरकारी बालीमा ठुलो क्षति पुगे पनि काठमाडौँ उपत्यकाभित्रका किसानले भने धान बाली भित्र्याउन पाएका छन् ।
केही दिन यता मौसममा सुधार आएसँगै ललितपुरस्थित खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन् । काठमाडौँ उपत्यकाको पुरानो बस्ती मानिने खोकनाका अधिकांश बासिन्दा कृषिमा आश्रित छन् ।
खोकनाका किसानले गत असार–साउनमा रोपेको धान अहिले भित्र्याउन थालेका हुन् । यहाँका किसानले प्रायः पोखरेली, ताइचिन र मसिनो धानको खेती गर्दछन् । काठमाडौँ–निजगढ द्रुतमार्गमा पर्ने जग्गाका बारेमा गत असारमा यहाँ विवादसमेत भएको थियो । विकास निर्माणका नाममा उर्वर भूमि मास्न खोजिएको भन्दै स्थानीय किसानले द्रुतमार्ग पर्ने जग्गामा समेत धान रोप्न थालेपछि गत असारमा यहाँ झडपसमेत भएको थियो ।
प्रहरी र स्थानीयवासीबीचको झडपका बाबजुद किसानले धान रोपेका थिए । सो क्षेत्रमा अहिले धान पाकिसकेको छ भने किसानहरू धमाधम धान भित्र्याउन व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण