शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भुवनदेखि करिस्मसम्मलाई इनासको ‘कला सम्मान २०७८’ हेर्नुस् तस्वीरहरु

बिहीबार, ११ कात्तिक २०७८, ०८ : ४९
बिहीबार, ११ कात्तिक २०७८

अभिनेता भुवन केसी, अभिनेत्री करिश्मा मानन्धर, शिव श्रेष्ठ लगायत करिब आधा दर्जन कलाकर्मी एकसाथ सम्मानित भए । बुधबार साँझ लाजिम्पाट स्थित होटल र्याडिसनमा आयोजित अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासको ‘चौथो ग्लोबल महाधिवेशन २०७८’को अवसरमा कलाकर्मीलाई सम्मान दिइएको हो ।

कार्यक्रममा सदाबहार अभिनेता भुवन केसी, सरोज खनाल,  पुराना एक्सन स्टार शिव श्रेष्ठले अभिनेता तर्फको अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’को ‘कला सम्मान २०७८’ प्राप्त गर्दा सदावहार अभिनेत्री करिश्मा मानन्धर, गौरी मल्ल र रेखा थापाले अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’को अभिनेत्री तर्फको ‘कला सम्मान २०७८’ पाए ।


सोही कार्यक्रममा बिशिष्ट संगीतकार शम्भुजित बास्कोटा, र योगेश वैद्यलाई भने अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’को ‘संगीत सम्मान २०७८’ दिइयो । उक्त अवसरमा जीवा लामिछाने समेत सम्मानित भएका थिए ।

सम्मानित अभिनेत्री रेखा थापा र गायक योगेस वैद्य भने सम्मान समारोहमा अनुपस्थित रहेका थिए । नेपाल चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’का निबर्तमान अध्यक्ष कमला दहाल, नव निर्वाचित अध्यक्ष पुष्प बरुवाल लगायतले सबैलाई फुलमाल, दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।

इनासले केही अगाडि आयोजना गरेको अनलाइन नृत्य तथा गायन प्रतियोगीताका उत्कृष्ट तीन विजेतालाई नगद सहित सम्मान र ट्रफि समेत वितरण गरिएको कार्यक्रममा चलचित्र बिकाश बोडका अध्यक्ष दयाराम दहालले नेपाली फिल्मको गुणस्तर बिकाशमा पहल गर्दै अन्तराष्ट्रिय क्षेत्रमा समेत नेपाली फिल्मलाई प्रथामिकता दिलाउनेमा आफ्नो पहल रहने बताए । उनले इनासले नेपाली कलासंस्कृति अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन गरेको योगदानको समेत चर्चा गरेका थिए ।

त्यस्तै, सदाबहार अभिनेता भुवन केसीले नेपाली फिल्मले बिदेशी बजारमा उचित प्रथामिकता पाउन नसक्नुको तिति तितो यर्थात राख्दै बिदेशी बजारले चाँहे जस्तो फिल्म निर्माण आगामि दिनमा आफ्नो प्रथामिकता रहने बताए ।

इनासको नव निर्वाचित कार्यसमितीका सदस्यहरुलाई समेत प्रमाण पत्र बितरण गरिएको कार्यक्रममा प्रथम नायिका भुवन चन्द, मिथिला शर्मा, नेपाल संस्कृतिक संघका अध्यक्ष तिर्थ थापा, नेपाल कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, अभिनेत्री सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, अभिनेता कृष्ण मल्ल, सर्मिला मल्ल, नृत्य निर्देशक राजु शाह, अभिनेत्री रेजिना उप्रेती, पबित्रा, बितरक तथा निर्माता गोपाल कायस्थलगायत थुप्रै कलाकर्मी तथा रंग पत्रकारको उपस्थिती रहेको थियो ।

नेपाली कलासंस्कृतिको अन्तराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने उदेश्यले सन् २०१२ मा पोल्याडमा गठन भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ले हालसम्म विश्वको ७३ राष्ट्रमा आफ्नो साखा बिस्तार गरिसकेको छ । इनासको नेपाल च्याप्टरको अध्यक्ष गीतकार दयाराम पाण्डे र सचिवमा हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ रहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप