शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले बोलायो स्थायी कमिटी बैठक

बिहीबार, ११ कात्तिक २०७८, ०८ : ०८
बिहीबार, ११ कात्तिक २०७८

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । विहीबार अपरान्ह ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुने उनको भनाइ छ । 

एमालेले कात्तिक ६ गते वडाहरूमा अधिवेशन सम्पन्न गरेको थियो भने कात्तिक ९ गते पालिकाहरुमा एकसाथ अधिवेशन सुरु गरेको छ । वडा र पालिका अधिवेशनमा एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गरिरहेको छ ।


तामाङका अनुसार राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकाका सन्दर्भमा छलफल हुने छ । १० औं महाधिवेशनका प्रतिनिधि तय गर्न मापदण्ड बनाएर कार्यतालिका बनाइने उनको भनाइ छ । एमालेले आगामी मंसिर ११ र १२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप