मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सन् १९८७ पछिकै बायर्नको लज्जास्पद हार

बिहीबार, ११ कात्तिक २०७८, ०७ : ५६
बिहीबार, ११ कात्तिक २०७८

बायर्न म्युनिखले जर्मन कपको दोस्रो चरणमा बोरुसिया मोचेनग्लाडबाचविरुद्ध ५–० को लज्जास्पद हार बेहोरेको छ । बायर्नको यो सन् १९८७ पछिकै नराम्रो हार हो । पाँच वा सोभन्दा बढीको अन्तरले बायर्न ४३ वर्षअघि बुन्डेस लिगामा फोर्चुना डुसेलडोर्भसँग हारेको थियो । त्यतिबेला बायर्न ७–१ ले पराजित भएको थियो । बायर्नको सबैभन्दा ठूलो हार भने साल्केसँग सन् १९७६ मा ७–० को रहेको छ ।

दोस्रो मिनेटमा नै खेलमा अग्रता लिएको ग्लाडब्याच २१ मिनेटमा ३–० ले अघि बनिसकेको थियो । क्वाडियो कोनेले टोलीलाई अग्रता दिलाए भने रामी बेन्सेबाइनीले दुई गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । दोस्रो हाफमा ब्रिल एमबोलोले दुई गोल थप्दै टोलीलाई शानदार जीत दिलाए ।

ग्लाडबाचले लक्ष्यमा प्रहार गरेका ६ मध्ये पाँचमा गोल गरेको थियो भने खेलमा विपक्षी टोलीमा धेरै नियन्त्रण बनाएको र गोलको प्रयास गरेको बायर्न गोल गर्नबाट चुकेको छ । जुलियन नेगल्सम्यानको नेतृत्वमा बायर्नको यो मात्र दोस्रो हार हो । योसँगै टोलीको ८५ खेलमा लगातार गोल गरेको शृङ्खलामा पूर्णविराम पनि लागेको छ । नेगल्सम्यान कोरोना सङ्क्रमित बनेर घरमा आइसोलेसनमा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप