शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भायोकानोसँग पराजित भएपछि बार्सिलोनाद्वारा कुमन बर्खास्त

बिहीबार, ११ कात्तिक २०७८, ०७ : २३
बिहीबार, ११ कात्तिक २०७८

बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कुमनलाई बर्खास्त गरेको छ । स्पेनिस ला लिगामा रायो भायोकानोसँग पराजित भएपछि नियुक्त भएको १४ महिनामा नै कुमन बर्खास्तीमा परेका हुन् ।

यो सिजन लिगमा १० खेलपछि बार्सिलोनाले मात्र १५ अङ्क बटुल्न सकेको छ भने च्याम्पियन्स लिगको समुह चरणमा दुई खेल पराजित भइसकेको छ । बुधबार राति भायोकानोसँग पराजित भएपछि बार्सिलोना लिगको नवौँ स्थानमा सिमित भएको छ भने शीर्ष स्थानमा रहेको टोलीभन्दा ६ अङ्कले पछि परेको छ ।

आइतबार मात्र एल क्लासिकोमा रियल म्याड्रिडसँग पराजित भएको बार्सिलोनाको पछिल्ला चार खेलमा बार्सिलोनाको यो तेस्रो हार हो । स्पेनिस क्लबले जारी गरेको विज्ञप्तिमा क्लबका अध्यक्ष जोआन लापोर्टाले निर्णयबारे कुमनलाई जानकारी गराइसकेको र बिहीबार उनले टोलीलाई गुडबाई भन्ने उल्लेख गरिएको छ ।

बुधबारको हारपछि कुमनले क्लब सही अवस्थामा नरहेको बताएका थिए । ‘हामीले टोलीको सन्तुलन गुमाएका छौँ । हामीले प्रभावकारी खेलाडी गुमायौँ । हालका वर्षमा अन्य क्लबले हरेक सिजन क्लबलाई सुदृढ बनाउँदै लगेपछि हामीले सकेनौँ, यो देखिएको छ,’ उनले भने ।

कुमानको स्थानमा क्लबका पूर्व खेलाडी ज्याभी बार्सा आउने चर्चा छ । सन् १९८७ पछि बार्सिलोनाले तीनवटा घरेलु मैदानबाहिरका खेल कुनै पनि गोल नगरी हारेको छ । पहिलो सिजनमा कुमनले बार्सिलोनासँग कोपा डेल रेको उपाधि जिते पनि लिगमा सन् २००८ यताकै कम अङ्क बटुल्दै रियल र एथ्लेटिको म्याड्रिडभन्दा पछि रहे ।

नेदरल्याण्डका खेलाडी रहेका कुमनले बार्सिलोनामा सन् १९८९ देखि १९९५ सम्म बिताएका थिए । यसक्रममा उनले ४ वटा लिग उपाधिका लागि सन् १९९२ को युरोपियन कपको फाइनलमा क्लबका लागि विजयी गोल गरेका थिए । उनलाई सन् २०२० को अगस्तमा क्लबको म्यानेजर नियुक्त गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप