सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अघोषित  बहिष्कारले इजलास प्रभावित

बिहीबार, ११ कात्तिक २०७८, ०७ : १५
बिहीबार, ११ कात्तिक २०७८

प्रधानन्यायाधीश प्रकरणलाई  लिएर निरन्तर छलफलमा  रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि   बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो । प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमाथि सार्वजनिक रूपमा प्रश्न उठेसँगै अन्य न्यायाधीशहरू परामर्शमा छन् ।

सोमबार देखि न्यायाधीशहरू निरन्तर परामर्शमा  रहँदा इजलास नबसेका हुन् । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा नै विकल्प भएको निष्कर्ष मङ्गलबार नै प्रधानन्यायाधीशसामु पु-याइसकेका छन् ।  तर जबराले      त्यसलाई अस्वीकार गरेका छन् । विवाद बढ्दै जाँदा न्यायाधीशको बैठक दैनिकी  बनेको छ  भने बिनासूचना इजलास प्रभावित हुँदा सेवाग्राही मर्कामा  परेका  छन् ।  बुधबार गठन भएका ११ मध्ये प्रधानन्यायाधीश जबराको एकल इजलास मात्र बस्यो । एकल इजलासमा पाँचवटा  मुद्दा  पेसी तोकिएका थिए । 

जसमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विपक्षी  रहेको अवहेलना मुद्दा तामेलीमा राख्ने आदेश भयो । यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दा  फिर्ता  भएको छ  ।

अन्य  दुई  बन्दीप्रत्यक्षीकरण  र एक  कालोबजारी सम्बन्धी मुद्दामा  कारण  देखाऊ  आदेश  भएको छ । सो बाहेक न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासमा पनि मुद्दाको सुनुवाइ भएन । यस्तै प्रधानन्यायाधीश नेतृत्वकै     संवैधानिक  इजलासमा पनि सुनुवाइ भएन । अन्य आठ संयुक्त इजलासको सुनुवाइ पनि प्रभावित भयो । सर्वोच्चको ११  इजलासमा दुई सयभन्दा बढी मुद्दा पेसी तोकिएका थिए ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप