शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट भित्रिएका नक्कली मगन्तेलाई नियन्त्रण गर्दै प्रहरी

बिहीबार, ११ कात्तिक २०७८, ०६ : ५९
बिहीबार, ११ कात्तिक २०७८

विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । 

त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको  वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

हाल वीरगञ्ज बजार आसपास क्षेत्रमा करिब १०० को सङ्ख्यामा विभिन्न उमेर समूहका भारतबाट आएका मागन्ते छन् । विभिन्न बालबालिकादेखि वृद्धवृद्धासम्मको उमेर समूहका भारतीय मगन्ते सक्रिय छन् । विभिन्न भेषमा शारीरिकरुपमा अशक्त देखिने गरी नक्कली मगन्तेले सर्वसाधारणलाई दुःख दिन थालेपछि यस्तालाई निरुत्साहित पार्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

विशेष गरी चाडबाड लक्षित गरी भारतीय बजारबाट यस्ता मगन्ते हरेक वर्ष वीरगञ्ज आउने गर्दछन् । मगन्तेलाई सार्वजनिकस्थलमा सर्वसाधारणलाई पैसा माग गरी दुःख दिने प्रवृत्ति बढ्दै गएपछि प्रहरीले निरुत्साहित गर्न यस्तो अभियान चलाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप