शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्वाचित

बुधबार, १० कात्तिक २०७८, २२ : ०७
बुधबार, १० कात्तिक २०७८

नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्विरोध निर्वाचित भएका छन् ।  मंगलवारदेखि बेनीमा सुरु भएको प्रथम नगर अधिवेशनका क्रममा नारायण जिसी, चन्द्रकुमार केसी र राजकुमार थापाले नगर अध्यक्षमा दावी गरेपछि लम्बिएको थियो ।

अध्यक्षका आकांक्षी राजकुमार थापाले दाबी फिर्ता लिएपछि जिसी र चन्द्रकुमार केसीबीच सहमति गराउनका लागि पार्टी नेतृत्वले बुधबार दिनभर गरेको प्रयासपछि राती सहमति भएकाले जिसी निर्विरोध भएका हुन् ।  उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास विश्वकर्मा, उपसचिवमा लक्ष्मण कटुवाल र हिराबहादुर थापा चयन भएको एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले जानकारी दिए । 

एमालेको म्याग्दीका पालिकाहरुमा भएको अधिवेशनबाट अध्यक्षमा धवलागिरीमा होमबहादुर थापा, मालिकामा बेगप्रसाद गर्वुजा, मंगलामा सतप्रसाद रोका र रघुगंगामा प्रेमबहादुर कार्की सर्वसम्मत निर्वाचित भएका छन् । अन्नपूर्ण गाउँपालिकामा सहमति नजुटेकाले अधिवेशन अनिश्चित बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप