बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघ्यो

बेलायतमा कोरोना संक्रमणका ज्यान गुमाउनेको संख्या एक लाख ४० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप २०७ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख ४० हजार ४१ पुगेको हो । तर, कोरोनाबाट मृत्यु भएको मृत्यु दर्ताको आधारमा भने मृतक संख्या एक लाख ६३ हजार भन्दा बढी भएको तथ्यांक छ ।
अघिल्लो दिन २६३ जना संक्रमितको मृत्यु भएको थियो जुन, ८ महिनापछिकै सबैभन्दा बढी हो । मृत्यु हुनेको संख्या पछिल्लो दुई दिन लगातार दुई सय भन्दा बढी रहँदै आएको छ । यसैगरी बितेको २४ घन्टामा थप ४३ हजार ९४१ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कुल संक्रमित हुनेको संख्या ८८ लाख ९७ हजार १४९ पुगेको छ । विगत केहि हप्तायता दैनिक संक्रमितको संख्या ४० हजारमाथि रहँदै आएको छ ।
संक्रमित संख्यामा भएको वृद्धिसँगै अस्पताल भर्ना भएका संक्रमितको संख्या पनि सामान्य रुपमा बढेको छ । पछिल्लो २४ घन्टामा ८९४ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ८ हजार ८०१ पुगेको छ । यस्तै ९५० जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
६७ करोड डोज खोप वितरण
बेलायतमा हालसम्म १० करोड भन्दा बढी कोरोनाविरुद्धको खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९७ लाख ९४ हजार १२० जना अर्थात ८६.६ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५६ लाख ५ हजार ९२० जना अर्थात ७९.३ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ । यसैगरी बेलायतमा कोरोनाविरुद्धको तेस्रो अर्थात बुष्टर डोज लगाउनेको संख्या पनि ६७ लाख नाघेको स्वास्थ्य विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव