शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बहराइनमा ३ देखि ११ वर्ष समूहलाई सिनोफार्म खोप लगाउन अनुमति

बुधबार, १० कात्तिक २०७८, २१ : ३६
बुधबार, १० कात्तिक २०७८

बहराइनमा ३ वर्षदेखि ११ वर्ष समूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरूलाई खोप लगाउनु उपयुक्त हुने निष्कर्ष निकालेका हुन् ।    

बालबालिकाहरूलाई खोप लगाउने बारेमा मङ्गलबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइने व्यवस्थासमेत गरिएको अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सिफारिसका आधारमा आफुहरुले बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया सुरु गरेको सरकारी स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।  

बालबालिकालाई खोप लगाउनेसम्वन्धी निर्णयको विस्तृत विवरण भने स्वास्थ्य मन्त्रालयको वेभसाइट राखिएको उनीहरुले बताएका छन् । 

बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोना भाइरसविरुद्ध लड्न विभिन्न उपायहरु अपनाउने सिलसिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको हो ।  बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउने निर्णयबाट देशवासी खुशी भएका छन् भने सरकारी अधिकारीहरुले पनि महामारी नियन्त्रण हुने अपेक्षा गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप