अमेरिकाका ६ लाख घरमा विद्युत सेवा अवरुद्ध
बुधबार, १० कात्तिक २०७८, २१ : २९

अमेरिकाका ६ लाखभन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार सबैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ हजारभन्दा बढी घरमा अन्धकार छाएको छ । राष्ट्रिय मौसम सेवाले मौसम अझै खतरापूर्ण रहेको चेतावनी दिएको छ । मौसम विभागका अधिकारीहरुले थप सतर्कता अपनाउन सरोकारवाला सवैलाई अनुरोध गरेको छ ।
उनीहरुले घर बाहिर ननिस्कन, यात्रा नगर्न, सुरक्षित अवस्थामा रहन र सुरक्षाका सवै उपाय अपनाउन पनि सबैलाई अपिल गरेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी
-
पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो
-
आँटेको पुर्याइदेउ बागलुङ कालिका...