शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु

बुधबार, १० कात्तिक २०७८, २० : ५७
बुधबार, १० कात्तिक २०७८

पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखराको हेमजास्थित ज्ञानसागर एकेडेमी स्कूल बसबाट खसेर गम्भिर घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको हो ।  ज्ञानसागर एकेडेमी स्कूलको ना १ क २३७३ नम्बरको बसको ढोकाबाट खसेर गम्भिर घाइते भएका युकेजीमा अध्ययनरत ८ वर्षीय विद्यार्थी रोमन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चोट लागेका तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।  प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ४७ वर्षीय बस चालक सानो कान्छा थापालाई पक्राउ गरेको छ । चालकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप