शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले दिए पदबाट राजीनामा

बुधबार, १० कात्तिक २०७८, २० : ४२
बुधबार, १० कात्तिक २०७८

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी बुधबार स्वीकृत गरेका हुन् ।

खनाल गत चैत ६ गते मुख्य न्यायधिवक्ताको रुपमा नियुक्त भएका थिए ।  उनलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

 यसअघिका मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले गत फागुन १३ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । त्यसपछि खनाललाई न्यायधिवक्ताको रुपमा नियुक्त गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप