कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले दिए पदबाट राजीनामा
बुधबार, १० कात्तिक २०७८, २० : ४२
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी बुधबार स्वीकृत गरेका हुन् ।
खनाल गत चैत ६ गते मुख्य न्यायधिवक्ताको रुपमा नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।
यसअघिका मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले गत फागुन १३ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । त्यसपछि खनाललाई न्यायधिवक्ताको रुपमा नियुक्त गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण