बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बागलुङ नगरको अध्यक्षमा परियार चयन

बुधबार, १० कात्तिक २०७८, २० : ३१
बुधबार, १० कात्तिक २०७८

नेकपा एमाले बागलुङ नगर कमिटीको अध्यक्षमा धनबहादुर परियार चयन भएका छन् । मंगलबारदेखि सुरु भएको नगर अधिवेशनले आज परियारको नेतृत्वमा ८६ सदस्यीय नगर कमिटी चयन गरेको हो । उपाध्यक्षमा खिमराज सापकोटा, सचिवमा रामकृष्ण शर्मा,उपसचिवमा कृष्णबहादुर कार्की र गंगा खत्री खड्का चयन भएका छन् । 

पार्टी अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएसँगै निर्वाचनका लागि मनोनयन दर्ता गराएका पदाधिकारीको उम्मेदवारी नै फिर्ता नगराई नेतृत्वले आपूm अनुकूलको नेतृत्व चयन गरेको छ ।  पदाधिकारीमा धेरै जनाको उम्मेदवारी परेपछि अध्यक्ष मण्डलले आफूखुशी उम्मेदवारी फिर्ता नगराइ सिधै नेतृत्वको घोषणा गरको उमेदवारहरूले आरोप लगाएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका ध्रुव केसीले आफुले उम्मेदवारी फिर्ता नगरेको बताउँदै निर्वाचन प्रक्रियामा गइसकेपछि उम्मेदवारी फिर्ता गराएर नेतृत्वको घोषणा गर्नुपर्नेमा त्यसो नगरी सिधै घोषणा गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप