ad

प्रहरीको बर्दी लगाएर व्यापारी लुट्ने युवक पक्राउ

person explore access_timeकात्तिक १०, २०७८ chat_bubble_outline0

खकेन्द्र केसी


सल्यानमा प्रहरीको बर्दी लगाएर व्यापारीबाट लुटपाट गर्ने एक व्यक्ती पक्राउ परेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका १ कालापातल जङ्गलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बर्दी लगाई सोमबार व्यापारीबाट लुटपाट गर्ने ४ जना मध्ये १ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



‘लुटपाट गरे लगतै चारै जना भागेका थिए । त्यसपछि लुटिनेहरूले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरूलाई खोज्दै गए । घटना घटेकै राती ४ जना मध्ये एक जना रोल्पा रुन्टिगडी गाउँपालिका –८ गर्पा खोलाबाट पक्राउ परे,’ जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले भने ।



पक्राउ पर्नेमा रोल्पा सुनछहरी गाउँपालिका –७ का ३० वर्षीय तिलक वि.क.रहेका छन् । विकलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी थापाको भनाई रहेको छ । लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



उनीहरूले कालापातलको जङ्गलमा गाडी रोकी कपुरकोटमा तरकारी किन्न आएका सेराज हलुवाईको तीन लाख लुटपाट गरेका थिए । ‘तरकारी खरिद गर्न आएका ती व्यापारीलाई पहिले एउटा बाइकमा आएका सशस्त्र र नेपाल प्रहरीको बर्दी लगाएका दुई जनाले चेकजाँच गर्नु छ भनेर रोके । त्यसपछि अर्को बाइकमा आएका अन्य दुई जना सशस्त्रको बर्दी लगाएकाले खुकुरी देखाएर तीन लाख लुटेर लगे,’ डिएसपी थापाले भने ।



पक्राउ पर्ने नेपाल प्रहरीको बर्दी लगाउने भएको उनले बताए । उक्त बर्दी जनयुद्धको समयको भएको उनको भनाइ छ । नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको बर्दीको दुरुपयोग गरी यस्ता विभिन्न आपराधिक क्रियाकलाप बढेकोले बर्दीको दुरुपयोग भएमा जानकारी भएमा प्रहरी कार्यालयमा सूचना दिन समेत जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।