शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो ओभरमा नै ट्रम्पलम्यानको तीन विकेट

बुधबार, १० कात्तिक २०७८, २० : १७
बुधबार, १० कात्तिक २०७८

नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले स्कटल्याण्डविरुद्ध पहिलो ओभरमा नै तीन विकेट लिन सफल भएका छन् । टी–२० विश्वकपअन्तर सुपर १२ को खेलमा ट्रम्पलम्यानले पहिलो ओभरको पहिलो बल, तेस्रो बल र चौथो बलमा विकेट लिएका थिए । उनी ह्याट्रिक लिनबाट भने चुके ।

ट्रम्पलम्यानले क्रमशः जर्ज मुनसे, क्यालम म्याकलियोड र रिची बेरिङटनलाई निशाना बनाएका थिए । दुई टोलीबीचको खेल हाल जारी रहेको छ । छैटौँ ओभरको खेल चलिरहँदा स्कटल्याण्डले ४ विकेटको क्षतिमा १८ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप