शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोयको विष्फोटक ब्याटिङमा इंग्ल्याण्डको सहज जीत

बुधबार, १० कात्तिक २०७८, १९ : २८
बुधबार, १० कात्तिक २०७८

जेसन रोयले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय २५ रनको लक्ष्य इंग्ल्याण्डले ३५ बल बाँकी छँदै मात्र २ विकेटको क्षतिमा पछ्यायो । टी–२० विश्वकपको सुपर १२ मा बंगलादेशको लगातार दोस्रो हार हो भने इंग्ल्याण्डको यो लगातार दोस्रो जीत हो । 

रोयले मात्र ३८ बलमा ६१ रन बनाए । यसक्रममा उनले ३ छक्का र ५ चौका हिर्काए । त्यस्तै, डेविड मलानले २८ तथा जोस बटलरले १८ रनको योगदान दिए । बंगलादेशका लागि शोरिफुल इस्लाम र नसुम अहमदले १–१ विकेट लिए ।

यसअघि, पहिलो ब्याटिङ गर्दै बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २४ रन बनाएको थियो । बंगलादेशका लागि मुसिफुर रहिमले सर्वाधिक २९ रन तथा कप्तान मोहमदुल्लाहले १९ रन बनाए । इंग्ल्याण्डका लागि टाइमल मिल्सले २ तथा लियाम लिभिङस्टोन र मोइन अलीले २–२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप