सशस्त्र प्रहरीको प्रवक्तामा श्रेष्ठ
बुधबार, १० कात्तिक २०७८, १७ : ५४

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिएका छन् । श्रेष्ठलाई सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्र भित्रका समाचारहरू तथा सङ्गठनबाट सम्पादन भएका जनसरोकारका विषयहरू लगायतका विभिन्न सूचनाहरू प्रवाह गर्ने जिम्मेवारी दिइएको हो ।
श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सो जिम्मेवारी बुझ–बुझारथ गर्नुभएको हो । त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम सञ्चार माध्यम, विज्ञ सञ्चारकर्मीहरू, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरूबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रति हार्दिक आभार प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’