मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

शुक्रराज अस्पताललाई नेपाल बंगलादेश बैंकको सहयोग

बुधबार, १० कात्तिक २०७८, १७ : ४७
बुधबार, १० कात्तिक २०७८

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई नेपाल बङ्गलादेश बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधी सहयोग गरेको छ । उक्त परिमाण औषधी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुन् ।

बैंकले कोभिड–१९ संक्रमण जोखिम उच्च रहेका बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कामको सराहना गर्दै औषधि सहयोग गरेको जानकारी दिएको छ । यसअघि बैंकले आफ्नो बङ्गलादेश स्थित साझेदार बैंक आइसीएफसीसँग मिलेर आर्थिक वर्ष २०७६र७७ मा ५००० भायल तथा २०७८र७८  मा पनि ५००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप