बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा नवनिर्मित कार्यालय तथा आवास भवन उद्‍घाटन

बुधबार, १० कात्तिक २०७८, १७ : ४३
बुधबार, १० कात्तिक २०७८

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ईलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय तथा आवास भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै उनले प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीहरूको व्यवहार तथा बोलीवचन सदैव उत्कृष्ट हुनुपर्नेमा उनले जोड दिए । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लुक्लावासीसँग साक्षात्कार गर्न पाउँदा आफूलाई गौरव महशुस भएको उल्लेख गर्दै उनले जनआकांक्षा, प्रविधिमैत्री प्रहरी सेवा, जनभावनाको कदर, संसारभरीबाट आउने पर्यटकहरूको सुरक्षाप्रति प्रहरी कर्मचारीहरू विशेष सजग र संवेदनशील हुनुपर्ने बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै कार्यरत प्रहरी कर्मचारीहरू नागरिक सेवामा अझ प्रभावकारी ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

   उक्त कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाले मन्तव्य व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिने प्रहरी र स्थानीयबीच सहकार्य गर्न वडावासी प्रतिवद्ध रहेको बताए ।

साढे २ तले उक्त भवन नेपाल सरकारको नियमित बजेटबाट कूल २ करोड ६६ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा १ नम्बर प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, भद्रभलादमी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप