शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला पक्राउ

बुधबार, १० कात्तिक २०७८, १७ : ३९
बुधबार, १० कात्तिक २०७८

बैंकिङ कसुर मुद्दाका फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका-५ वसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका-८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो  ।

उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएकोमा खातुन फरार रहेकी थिइन् । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० चुन्नीखेलबाट पक्राउ गरेको हो ।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी नविल बैंक लिमिटेडको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप