बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीलाई ‘कलम’ निर्वाचन चिन्ह प्रदान

बुधबार, १० कात्तिक २०७८, १७ : २५
बुधबार, १० कात्तिक २०७८

माधवकुमार नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले निर्वाचन चिन्ह ‘कलम’ प्राप्त गरेको छ । एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) ले गत असोज २४ गते एकीकरणका विषयमा दिएको निवेदनका आधारमा निर्वाचन आयोगले मंगलबारको निर्णयअनुसार निर्वाचन चिन्ह प्रदान गरेको हो ।

पार्टीले प्रस्ताव गरेअनुसार रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङ्गको हँसिया र हथौडा खप्टिएको चिन्ह अंंकित झण्डा पनि आयोगले प्रदान गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० को उपदफा (७) बमोजिम आयोगमा दल दर्ता नम्बर १६३ मा दर्ता रहेको नेकपा (एकीकृत) नामक राजनीति दलको नाम र झण्डा अन्य कुनै दलले प्रयोग गर्न नपाउने पनि आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप