एकीकृत समाजवादीले ३३५ नेताको कार्यविभाजन टुङ्ग्यायो (सूचीसहित )

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३३५ जना नेताको कार्यविभाजन टुंगो लगाएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गत असोज ५–७ मा बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ गते बसेको स्थायी कमिटीको सातौं बैठकको निर्णय अनुसार नेताहरुको कार्यविभाजन गरिएको हो । सो पार्टीले नेताहरुको कार्यविभाजनसहितको अन्तरपार्टी निर्देशन देशभरका सम्पूर्ण पार्टी कमिटी एवं संगठनहरुलाई जानकारी गराएको छ
अन्तरपार्टी निर्देशनमा सो पार्टीले तात्कालिक कार्ययोजना– २०७८ र बैठकले पारित गरेका २४ बुँदे तात्कालिक कार्ययोजना समेत देशभरका पार्टी कमिटी तथा संगठनहरुलाई पठाइएको छ । उक्त कार्ययोजनामा आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने निर्देशन छ । त्यस अन्तर्गत जनसंगठनका कमिटी पनि पर्दछ । सोही अभियानअन्तर्गत ‘एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ अभियान सञ्चालन गरिने छ ।
एकीकृत समाजवादीले विविध कारणले पार्टीमा सनाखत गरी आउन असमर्थ देखिएका जनप्रतिनिधिहरूलाई पार्टीमा प्रवेश गराउन, सहयोगी बनाउन तथा मित्रवत वातावरण निर्माण गर्न पहल गर्नेसहितका विषय तात्कालिक कार्ययोजना बनाएको छ ।
कार्यविभाजन हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते