शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन महिनामा भारतबाट भित्रियो १ अर्ब ५८ करोडको प्याज

बुधबार, १० कात्तिक २०७८, १७ : ०२
बुधबार, १० कात्तिक २०७८

चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा एक अर्ब ५८ करोड रुपैयाँको प्याज आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्ममा उक्त मूल्यको प्याज आयात भएको हो ।

यस अवधिमा ४ करोड ३० लाख १५ हजार किलो प्याज आयात भएको छ । यसबापत सरकारले १४ करोड ३० हजार किलो राजश्व संकलन गरेको छ । आयातितमध्ये सबै प्याज भारतबाट मात्रै आयात भएको विभागले जानकारी दिएको छ ।

यसैबीच, नेपालबाट चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारतर्फ ८२ हजार रुपैयाँको प्याज निर्यात भएको छ । कतारमा नेपालबाट ५५० किलो प्याज निर्यात भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप