बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट आइपुग्यो १० लाख मात्रा खोप

बुधबार, १० कात्तिक २०७८, १६ : ३२
बुधबार, १० कात्तिक २०७८

कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए ।

उनका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप