शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीसँग थप तीन* वर्षको सम्झौता

बुधबार, १० कात्तिक २०७८, १६ : १७
बुधबार, १० कात्तिक २०७८

फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले थप तीन वर्ष नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिने भएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले रातोपाटीलाई दिएको जानकारी अनुसार आल्मुताइरीलाई नेपालमै राख्नेगरी कतार फुटबल फेडेरेसन र अखिल नेपाल फुटबल संघबीच दुई वर्षे सम्झौता भएको हो । आल्मुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टिमले ऐतिहासिक रुपमा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।

तर, एन्फाभित्र राजनीति र नेपाली मिडियाले अनावश्यक आलोचना गरेको भन्दै अल्मुताइरीले साफको फाइनलपछि नेपाल नफर्कने घोषणा गरेका थिए । उनले भारतविरुद्धको फाइनल खेल नै नेपालका लागि अन्तिम खेल भएको बताउँदै त्यहीँबाट घर फर्किएका थिए । अल्मुताइरी नेपाली फुटबल समर्थकका माझमा निकै लोकप्रिय रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप