शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार मुद्दाका फरार युवक पक्राउ

बुधबार, १० कात्तिक २०७८, १६ : ०८
बुधबार, १० कात्तिक २०७८

बलात्कार मुद्दाका फरार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ घर भएका २९ वर्षीय रोहन विक भन्ने रोहन श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले २०७२ असार २६ मा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा एक युवतीलाई बलात्कार गरेका थिए । युवतीलाई फकाएर कागेश्वरी मनहरा–७ स्थित एउटा गेष्ट हाउसमा लगेर उनले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सो मुद्दामा उच्च अदालत पाटनले २०७५ जेठमा उनलाई  ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनलाई सिन्धुपाल्चोकको सिपाघाटबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको सिआइबीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप