सार्वजनिक शिक्षा मेरो पहिलो प्राथमिकता हो : शिक्षामन्त्री पौडेल
बुधबार, १० कात्तिक २०७८, १६ : ०३

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । ‘निजीको हामी विरोधी होइनौं,’ मन्त्री पौडेलले भने, ‘निजी क्षेत्रलाई नीति दिएर नियमन गरी सार्वजनिक शिक्षा सुधार गर्ने हाम्रो लक्ष्य हो ।’
सार्वजनिक शिक्षाको सुधारका विषयमा आफूले अध्ययन गरिरहेको बताउँदै केही समयमा नतिजा देखिने गरि काम हुने बताए । ‘अहिले शिक्षाभित्रका समस्या, चुनौतीका विषयमा सुक्ष्म अध्ययन गरिरहेको छु,’ मन्त्री पौडेलले भने, ‘आफ्नो कार्यविधिमा हुन सक्ने काम हुन्छ ।’
अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यविधि बनाउँदै गरेको बताउँदै यसअघि भन्दा व्यवस्थित गरी काम गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीप्रति विद्यार्थी सङ्गठनहरूको आपत्ति