शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरपालिकामा एमाले अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

बुधबार, १० कात्तिक २०७८, १५ : ५९
बुधबार, १० कात्तिक २०७८

 
नेकपा एमालेको पोखरा महानगरपालिका कमिटीको अध्यक्षका लागि ५ जनाले उमेदवार दर्ता गराएका छन् । मंगलबार शुरु भएको अधिवेशनको दोस्रो दिन महानगरमा ५ जना अध्यक्ष आकांक्षीहरूले मनोनयन दर्ता गराएका हुन् । बुधबार महानगरका प्रवक्ता धनबहादुर नेपाली, दिलीप न्यौपाने, तेजनारायण अधिकारी, दीपक पौडेल र हरिप्रसाद त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । 

उम्मेदवारी दर्ता गराउनेमा न्यौपाने एमालेका प्रभावशाली नेता खगराज अधिकारी समर्थक हुन् । त्यसैगरी दिपक पौडेल र तेजनारायण अधिकारी पृथ्वीसुब्बा गुरुङ समर्थक हुन् । मंगलबारसम्म नेता किरण गुरुङको समर्थनमा उमेदवार बन्न अगाडी बढेका सञ्जीव बहादुर कोइराला भने उम्मेदवारी दिएनन् । 

एमालेका प्रभावशाली नेताद्वय खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङले आ–आफ्नो समर्थकलाई अगाडी बढाएकाले पोखरा महानगरमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो । 

त्यसैगरी उपाध्यक्षमा राजकुमारी भुजेल, बैनबहादुर गुरुङ, उमा परियार, मोहन गुरुङ र सुस्मिता केसी भट्टराईको उम्मेदवारी परेको छ । सचिवमा जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । 

नगर कमिटीमा एकजना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र २ जना उपसचिव हुने हुने पार्टी विधानले ब्यवस्था गरेको छ । उपसचिवका लागि १६ जनाको उम्मेदवारी परेको छ । उपसचिवमा दलबहादुर खत्री, हरिमाया गुरुङ, सिम बहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन लगायतले उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टी संघीयतामा अवधारणामा गएपछि एमालेले पहिलो अधिवेशन मानेकाले महानगरको नेतृत्वका लागि प्रतिस्पर्धा चलेको छ । ३३ वडा रहेको महानगरको अध्यक्ष शक्तिशाली देखिएकाले एमाले भित्रको गुटगत राजनीति समेत देखिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप