बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, ५ जना घाइते

बुधबार, १० कात्तिक २०७८, १५ : ५३
बुधबार, १० कात्तिक २०७८

सिरहामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर ५ जना घाइते भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएका धनगढीमाई नगरपालिका ५ जयपुरका प्रकाश कामैतको ११ वर्षिया छोरी करिश्मा कुमारीको पुरिएर मृत्यु भएको हो ।

दिपावली पर्व नजिकिँदै गर्दा घर लिपपोत गर्न गाउँ देखि २ सय मिटर परको माईट खुन्मा (माटो लिने ठाउँ) ढिस्को खसेर पुरिएकी उनको स्थानीयले निकाल्ने प्रयास गरेपनि उनलाई जिवितै उद्धार गर्न नसकिएको स्थानीय सन्तोष साहले जानकारी दिए ।

ढिस्को परेर मनिषकी आमा ममता देवी कामैत पनि घाइते भएकी छन् । उनको स्थानीय पोली क्लिनिकमा उपचार भईरहेको जनाएको छ ।
त्यसैगरी, ढिस्कोमा परी स्थानिय महिन्द्र महतोको ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादवकी ७ वर्षीया छोरी सविता यादब, २६ वर्षिय सीता देवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षिय छोरी रुवि कामत घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरका सूचना अधिकारी शुवास ढकालले जानकारी दिए ।
घाइतेमध्ये राजकुमार यादवकी १० वर्षिय छोरी सविताको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप