शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुनै बेला भजन गाएर गुजारा गर्थिन्, अब करोडौंकी मालिक हुन् नेहा कक्कड, कार कलेक्सन पनि उत्कृष्ट

बुधबार, १० कात्तिक २०७८, १५ : ४७
बुधबार, १० कात्तिक २०७८

आजकाल विभिन्न प्रकारका गीत सुन्न पाइन्छ । यस्ता गीतमा उत्कृष्ट गायक  गायिकाले स्वरबद्ध गर्ने गर्छन् । बलिउड जगतमा यस्ता थुप्रै गायक छन् जसको आवाजमा मानिसहरु फिदा हुने गर्छन् । यीमध्ये एक गायिका हुन् नेहा कक्कड जसको फ्यान फलोविङ निकै राम्रो छ । नेहा हुन त विभिन्न प्रकारको गीत गाउँछिन् तर उनी विशेषगरी पार्टी गीतका लागि परिचित छिन् । सोसल मिडियादेखि वास्तविक जीवनसम्म नेहाले प्रशंसकको अत्यधिक प्रेम पाउँछिन् । एक समय थियो जब नेहा भजन गाएर जीवन निर्वाह गर्थिन् तर अब उनी बलिउडकी एक सफल गायिका भइसकेकी छिन् । आफ्नो कडा मिहिनेतका कारण नेहा आज एक विलासी जीवनयापन गरिरहेकी छिन् । नेहा कक्कडबारे केही थप जानकारीबारे अवगत गराऔं ।

यसरी हुन्छ उनको दिनको सुरुवातः

भारतीय मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने नेहा कक्कड आफ्नो दिनको सुरुवात ग्रीन टीमार्फत् गर्छिन् । उनलाई डोसा र इटालियन खाना असाध्यै मनपर्छ । यस्तै, नेहा बिहानको नास्तामा दुध, कर्न फ्लेक्स, फलफूल र ओट्स खान्छिन् । यस्तै उनी धेरैभन्दा धेरै पानी पनि पिउँछिन् ।

यसरी हुन्छ नेहाको कमाईः

नेहा कक्कडको कमाईको माध्यम थुप्रै छन् । यसमा गीत गाएर, म्युजिक एल्बम, स्टेज शो, विज्ञापन, ब्रान्ड एन्डोर्समेन्ट र सोसल मिडियाजस्त चिज समावेश छन् । मिडिया रिपोर्टका अनुसार एक स्टेज शोका लागि नेहा लगभग २५ लाख भारुभन्दा बढी पारिश्रमिक लिन्छिन् । यस्तै, गीत गाएर उनी हरेक वर्ष लगभग पाँच करोड भारु कमाउँछिन् ।

यस्तो छ ऋषिकेशस्थित घरः

नेहा कक्कडको घरको कुरा गर्ने हो भने नेहाले ऋषिकेशमा स्थित आफ्नो आलीशान घर सन् २०१९ मा बनाएकी थिइन् । यो घरमा हरेक सुख सुविधा छन् । यहाँ लिफ्ट, ठूला कोठा, नीजि स्विमिङ पुल, आँगन र मन्दिरलगायत छन् ।

मुम्बईमा भएको घरको पनि कुरा बेग्लैः

ऋषिकेशबाहेक नेहा कक्क्डको मुम्बईमा पनि आलीशान घर छ । यो विलासी घर मुम्बईको वर्सोवास्थित बांग्ला पनोरमा टावरमा छ । यो एक विलासी अपार्टमेन्ट हो जसमा हरेक सुख–सुविधा छन् । यस्तै, यो घरको मूल्य करोडौंमा भएको बताइन्छ ।

कारको कलेक्सन उत्कृष्टः

नेहा कक्कडको कारको कलेक्सनको कुरा गर्ने हो भने यसमा एकसेएक विलासी र महँगा कार समावेश छन् । नेहासँग लगभग ७० लाख भारुभन्दा बढी पर्ने अडी क्यू सेभेन, बीएमडब्ल्यू, रेन्ज रोवर र मर्सिडिजजस्ता शानदार कार छन् । उनी यसमा धेरैजसो यात्रा गरिरहन्छिन् ।

यति सम्पत्तिकी मालिक्नीः

नेहा आज जे भएकी छिन्, त्यो उनको कडा मिहिनेतको देन हो, यसमा कुनै शंका छैन । यस्तोमा यदि उनको कूल सम्पत्तिको कुरा गर्ने हो भने मिडिया रिपोर्ट अनुसार नेहाको कूल सम्पत्ति लगभग ३८ करोड भारुभन्दा पनि बढी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप