शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अधिवेशन : काभ्रेका ९ स्थानीय तहमा नेतृत्व चयन (नामावलीसहित)

बुधबार, १० कात्तिक २०७८, १५ : २६
बुधबार, १० कात्तिक २०७८

नेकपा एमालेको मंगलबार सम्पन्न स्थानीय तहको अधिवेशन अन्तर्गत काभ्रेका ९ स्थानीय तहले नेतृत्व चयन गरेको छ । काभ्रेका १३ मध्ये ९ स्थानीय तहमा नेतृत्व चयन भएको हो । 

जसअनुसार पनौती नगरपालिकामा सुरेश हुमागाइँ, धुलिखेल नगरपालिकामा दयाराम महत, पाँचखाल नगरपालिकामा बिष्णु पौडेल, चौँरीदेउराली गाउँपालिकामा जितराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, भुम्लु गाउँपालिकामा कृष्ण मान तामाङ, तेमाल गाउँपालिकामा इन्द्रमान तामाङ,  बनेपा नगरपालिकामा रत्नकुश रन्जित र मण्डनदेउपुर गाउँपालिकामा शेरबहादुर डोटेल अध्यक्षमा चयन भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप