शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब राष्ट्रिय टेलिभिजनमा शोएब अख्तरलाई अपमानित गरियो...

बुधबार, १० कात्तिक २०७८, १५ : १४
बुधबार, १० कात्तिक २०७८

पीटीभी पाकिस्तानको सरकारी टेलिभिजन हो । मंगलबार राति पाकिस्तान क्रिकेट टिमका पूर्व बलर शोएब अख्तरले पीटीभीकै शो ‘गेम अन है’ मा प्रत्यक्ष प्रसारणकै दौरान अपमानित हुन पर्‍यो । न्यूजिल्याण्डविरुद्ध पाकिस्तानको जीतपछि उक्त शोमा यो घटना भएको हो । शोएबलाई विदेशी पाहुनाको बीचमा अपमानित गरियो । उनीहरु सबै कार्यक्रममा खेलको विश्लेषण गरिरहेका थिए ।

शोएबले पाकिस्तानको सुपर लिगको टोली लाहौर कलन्दर्सको प्रशंसा गर्दै उक्त टोलीबाट शाहीन शाह अफ्रिदी र ह्यारिस राउफजस्ता खेलाडीहरू आएको जिकिर गरे । नोमान नियाज उक्त कार्यक्रमको सञ्चालन गरिरहेका थिए । नोमनले त्यही बेला शोएबमाथि भड्किएका थिए । शोएबलाई हप्काउँदै उनले भने, ‘तिमी असभ्य हौ र यो म भन्न चाहन्न । तर तिमीलाई धेरै स्मार्ट बन्नु छ भने तिमी यहाँबाट जान सक्छौ ।’

शोएब यो सुनेर चकित बनेका थिए । केही समय त उनले के भयो भनेर बुझ्न पनि पाएनन् । तर नोमान यति बोलेर अर्का पाहुनासँग कुरा गर्न थाले । अहिलेसम्म नोमानलाई शोएबको के कुरा चित्त बुझेन र उनले कार्यक्रम छाडेर जान भने स्पष्ट हुन सकेको छैन । तनाव बढेपछि नोमानले कार्यक्रममा व्यापारिक विश्राम लिने घोषणा गरे ।

विश्रामपछि शो फेरि सुरु भयो तर तनाव भने कम भएन । शोएबले कुराहरू सम्हाल्न खोजे पनि वातावरण बदलिएन र उनले त्यहाँबाट हिँड्ने फैसला गरे । अन्ततः शोएबले त्यहाँबाट जाने फैसला गरे र अन्य पाहुनासँग माफी माग्दै उठेर हिँडे । उक्त कार्यक्रममा सना मीर, सर विवियन रिचर्ड्स र डेविड गावर पनि थिए ।

शोएबले आफ्नो माइक निकाल्दै भने, ‘मलाई निकै अपसोच छ । म पीटीभीबाट राजीनामा दिँदैछु । राष्ट्रिय टेलिभिजनमा ममाथि यस्तो व्यवहार गरियो जसलाई हेरेर मलाई लाग्छ अब थप नगरौँ । त्यसैले म जाँदैछु । धन्यवाद ।’

यसपछि पछि नोमानले शोएबलाई कुनै ध्यान नदिँदै आफ्नो स्क्रिप्ट पढ्न जारी राखे । त्यसपछि शोएबले आफ्नो ट्वीटरबाट बयान जारी गर्दै भनेका छन्, ‘पीटीभीमा एउटा अप्रिय घटना भयो । मलाई थाहा छैन नोमानले यस्तो कि गरे । केही पनि भनेनन् र ब्रेकमा गए । राष्ट्रिय टेलिभिजनमा एक राष्ट्रिय खेलाडीको बिना कारण अपमान गरियो । त्यसपछि मलाई लाग्यो कि सबै सुपरस्टार बसेका छन्, विदेशी बसेका छन्, यस्तोमा कस्तो छवि बन्छ ? मैले नोमानलाई भने कि तिमीले मलाई जे गर्‍यो त्यो क्लिप त भाइरल हुनेछ ।’

शोएबले भने, ‘मैले कार्यक्रमका दौरान नोक्सानको भरपाई गर्ने प्रयास गरे, तर त्यो भएन । मलाई निकै नराम्रो लाग्यो । साथमा विदेशी बसिरहेका थिए । उनीहरूले के सोचे होलान् । त्यसपछि त्यहाँबाट हिँड्ने भन्दा मैले कुनै विकल्प देखिनँ । यस घटनाको पाकिस्तानमा कडा आलोचना भइरहेको छ । नोमानलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप