काँग्रेस नेता बानियाँ भन्छन्– अहिले राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुन्छ, अरु कुरा समयले देखाउँछ
बागमती प्रदेश, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अब नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् । बुधबार प्रदेशसभा बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस नेता बानियाँले अबको मुख्यमन्त्री पाण्डे नै हुने बताए । तर, अरु कुरा (आलोपालो सरकारको नेतृत्व) समय आएपछि थाहा हुने उनको भनाइ थियो । उनले भने, ‘अब राजेन्द्र पाण्डे मुख्यमन्त्री हुनुहुन्छ, अरु कुरा समय आएपछि तपाईहरुले थाहा पाउनुहुन्छ, अहिले किन धेरै बोल्नु ?’
उल्लेखनीय छ, बानियाँले पनि मुख्यमन्त्रीका लागि दाबी गर्दै आएका थिए । गठबन्धनबीच पाण्डे र बानियाँले आलोपालो प्रदेश सरकारको नेतृत्व गर्नेगरी सहमति भएको चर्चा चलिरहेको छ । काँग्रेस नेता बानियाँले प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान हुनासाथ आफूहरुको गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री बनाउने गरी सरकार गठनको दाबी गर्ने जानकारी दिए ।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण