बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता बानियाँ भन्छन्– अहिले राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुन्छ, अरु कुरा समयले देखाउँछ

बुधबार, १० कात्तिक २०७८, १५ : १४
बुधबार, १० कात्तिक २०७८

बागमती प्रदेश, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अब नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् । बुधबार प्रदेशसभा बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस नेता बानियाँले अबको मुख्यमन्त्री पाण्डे नै हुने बताए । तर, अरु कुरा (आलोपालो सरकारको नेतृत्व) समय आएपछि थाहा हुने उनको भनाइ थियो । उनले भने, ‘अब राजेन्द्र पाण्डे मुख्यमन्त्री हुनुहुन्छ, अरु कुरा समय आएपछि तपाईहरुले थाहा पाउनुहुन्छ, अहिले किन धेरै बोल्नु ?’

उल्लेखनीय छ, बानियाँले पनि मुख्यमन्त्रीका लागि दाबी गर्दै आएका थिए । गठबन्धनबीच पाण्डे र बानियाँले आलोपालो प्रदेश सरकारको नेतृत्व गर्नेगरी सहमति भएको चर्चा चलिरहेको छ । काँग्रेस नेता बानियाँले प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान हुनासाथ आफूहरुको गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री बनाउने गरी सरकार गठनको दाबी गर्ने जानकारी दिए ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप