शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला बोसले दिइन् लाखौंको उपहार, कर्मचारीले आँसु रोक्न सकेनन्

बुधबार, १० कात्तिक २०७८, १५ : ०३
बुधबार, १० कात्तिक २०७८

एक अमेरिकी कम्पनीले आफ्ना कर्मचारीलाई विशेष उपहार दिएको छ । महिला बोसले आफ्ना कर्मचारीलाई दुईवटा प्रथम श्रेणीको विमानको टिकट र १० हजार डलर (१२ लाख रुपैयाँ) दिने घोषणा गरेकी छिन् । यो निर्णयको घोषणा कम्पनीकी मालिकले भिन्न शैलीमा गरिन् जसको भिडियो भाइरल भइरहेका ेछ । घोषणापछि थुप्रै कर्मचारी भावुकसमेत भए ।

स्पेनक्सकी संस्थापक सारा ब्लेकली सबैभन्दा कम उमेरकी महिला अर्बपति हुन् । सफलता हात पानुअघि उनले घर घर गएर फ्याक्स मेसिन बेचिन् । महिला परिधान कम्पनी स्थापना गरेको दुई दशकपछि विश्वव्यापी लगानी फर्म ब्ल्याकस्टोनले स्पेनक्सको धेरैजसो हिस्सेदारी खरिद गर्ने भएको छ । यो करिब १.२ बिलियन डलरको सम्झौता हो ।

अघिल्लो हप्ता इन्स्टाग्राामा पोस्ट गरिएको एउटा भिडियोमा कम्पनीकी मालिक सारा ब्लेकलीले आफ्नो कर्मचारीसँग सम्झौताको उत्सव मनाइन् । यो भिडियोमा सारा ब्लेकलीले टेबलमा भएको ग्लोबलाई घुमाउँदै भनिरहेकी छिन्, ‘म यो ग्लोब किन घुमाइरहेकी छु ?’

मौन भीडको अगाडि त्यसपछि उनले यसको कारणबारे घोषणा गर्दै भनिन्, ‘किनभने मैले आफ्ना सबै कर्मचारीका लागि संसारको कुनै पनि स्थानमा भ्रमण गर्नका लागि फ्स्ट क्लास टिकट खरिद गरेकी छु ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sara Blakely (@sarablakely)

तर उनी यत्तिमा मात्रै रोकिइनन् ।

‘तपाईंहरुलाई थाहा छ, यदि तपाईं घुम्न जाँदै हुनुहुन्छ, तपाईंलाई उत्कृष्ट डिनरका लागि जान मनलाग्ला, तपाईंलाई असाध्यै राम्रो होटलमा बस्न पनि मन लाग्ला,’ ब्लेकलीले भनिन्, ‘त्यसैले सबैजनाका लागि दुईवटा फर्स्ट क्लास टिकटसहित तपाईंहरुले १० हजार डलर पनि पाउँदै हुनुहुन्छ ।’

त्यसपछि भीड उत्साहित भयो, धेरैले आँसु रोक्न सकेनन् । त्यसपछि पूरा कोठा झुम्यो ।

उपहार कसरी प्रयोग गर्नुहुन्छ भनेर प्रश्न सोध्दा कतिले बोराबोरामा हनिमुन जाने भने भने कतिले स्विडेनमा भाग्ने त कोहीले दक्षिण अफ्रिकामा सफारीमा जाने बताए ।

यतिबेला सारा ब्लेकलीले भनिन्, ‘मैले यो कम्पनी एक दिन २० मिलियन अमेरिकी डलरको हुने बताउँदा ममाथि धेरैले खिल्ली उडाएका थिए । अहिले हेर्नुहोस् त यो कम्पनी कति ठूलो भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप