बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् ‘मोटरसाइकल लाइसेन्स’को लिखित परीक्षामा सोधिने प्रश्न

बुधबार, १० कात्तिक २०७८, १४ : ५५
बुधबार, १० कात्तिक २०७८

यातायात व्यवस्था विभागले करिब ६ महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । विभागले मंगलबारदेखि विभागले नयाँ आवेदन खुलाएको हो । विभागले पुराना आवेदकको प्रयोगात्मक परीक्षा सकिएपछि नयाँ आवेदकको प्रयोगात्मक परीक्षा लिने बताएको छ । प्रयोगात्मक परीक्षा अगाडि आवेदकले लिखित परीक्षा दिनुपर्ने हुन्छ ।

हिजोदेखि लाइसेन्सको आवेदन दिन थालेका आवेदकले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालक कार्यविधि निर्देशिका, २०७७ (संशोधित) अनुसार परीक्षा दिनुपर्ने हुन्छ । निर्देशिका अनुसार प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए हुने छ भने लिखित परीक्षामा ६० अंक ल्याउनुपर्ने छ ।

३० मिनेट समयको लिखित परीक्षामा २५ वटा प्रश्न सोधिने छ । त्यसका लागि विभागले पाठ्यक्रम नै बनाएको छ भने त्यहीँ भित्रबाट प्रश्न सोधिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप