शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आयुषा बनिन् मिस टुरिजम नेपाल

बुधबार, १० कात्तिक २०७८, १४ : २०
बुधबार, १० कात्तिक २०७८

‘मिस टुरिजम ब्युटी अफ नेपाल २०२१’ को ताज आयुषा बस्नेतले जितेकी छन् । साहारा इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगीतामा १४ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी विजेता बस्नेतले एक लाख नगदसहित हात पारेकी छन् ।

पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यले आयोजित कार्यक्रममा फष्ट रनर अप भावना खनाल र सेकेन्ड रनरअप सविना पोदार भए । दुबैले उपाधिको साथमा क्रमश नगद ७५ हजार र ५० हजार प्राप्त गरे । तीनै बिजेताले गीता एभिएसनबाट एयर होस्टेजको निशुल्क तालिम समेत प्राप्त गरे ।

प्रतियोगिता मिस ट्यालेन्ट बिन्जु राजधामी, मिस फोटोजेनिक निकिता धमला, मिस क्विन अफ पिपुल च्वाइस, मिस फ्रेन्ड्सिप र मिस बेस्ट क्याटवाक त्रीसा लिम्बु, मिस लेडी अफ ब्रिलियन्सी सुप्रिया राईले हात पारे ।

अरुण प्रधान, नवीन मेन्याङ्बो, चन्द्रीका मोते नेहा बजाज, डा.एनएल राजवंशी, डोरेन्द्रलाल दाहाल, पवन अधिकारी, सुरेश राई निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी सिम्रन श्रेष्ठले गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप