शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एकतावद्ध हुन मुख्यमन्त्री शाक्यको आह्वान

बुधबार, १० कात्तिक २०७८, १४ : १६
बुधबार, १० कात्तिक २०७८

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एकतावद्ध भएर अघि बढ्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन् । उनले यसका लागि सबैले उत्तिकै पहल गर्नुपर्ने भन्दै सबैलाई एकतावद्ध हुन आव्हानसमेत गरिन् ।

प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले लोकतान्त्रिक अधिकारका लागि आफूले लामो समयदेखि संघर्ष गर्दै आएको बताइन् । संसदको गरिमा बचाउन संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता आवश्यक भएको उनको भनाइ छ । दुःख, कष्टका हिजोका दिन अहिले आफैलाई दन्त्य कथाजस्तो लाग्ने गरेको उल्लेख गर्दै उनले त्यो दुःख, त्याग खेर नजाओस् भन्ने कामना पनि गरिन् । 

उनले भनिन्, ‘हामी सामान्य नागरिक होइनौं, सार्वभौम नेपाली नागरिक हौं ।’ हाम्रै पालामा यत्रो राजनीतिक परिवर्तन भएको, प्रदेशसभाको नयाँ अनुभव गरिरहेको र समाजवाद उन्मुख संविधान आएको उनले बताइन् । तर यही बेलामा कतै बाटो बिराउने त होइन भन्ने डर पनि लाग्न थालेको उनले बताइन् । यो परिवर्तनमा हामी सबैको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनले यसलाई जोगाउनका लागि पनि सबै मिल्न जरुरी रहेको औंल्याइन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप