शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वन्यायाधीश पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न ‘फुल कोर्ट’को बैठक

बुधबार, १० कात्तिक २०७८, १४ : ०३
बुधबार, १० कात्तिक २०७८

सर्वोच्च अदालतको पूर्ण इजलास ‘फुल कोर्ट’को बैठक सकिएको छ । पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधनप्रति बैठकले शोक प्रस्ताव पारित गरेको छ । सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो । यसअघि सर्वोच्च अदालतका न्यायाधीशको बैठक बसेको थियो । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । फुल कोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका न्यायाधीशहरू शोक प्रस्ताव पारित गर्न बसेको बैठकमा भने सहभागी भएका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप