शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध काठ बरामद

बुधबार, १० कात्तिक २०७८, १३ : ५४
बुधबार, १० कात्तिक २०७८

रौतहटस्थित संयुक्त सुरक्षा टोलीले हजारौं मूल्य बराबरको अवैध सालको काठ बरामद गरेको छ । सेक्टर वन कार्यालय चोंचा र सशस्त्र प्रहरीको संयुक्त टोलीले गए राति जंगलसैया एरियाबाट ७ वटा सालको करिब ३० क्युफिट गोलिया र ७ थान साइकल बरामद गरेको हो ।

तस्कर समूहले वनबाट अवैधरूपमा सालको काठ लगिरहेको सूचनाको आधारमा सशस्त्र वन सुरक्षा गार्ड र सशस्त्र बेस क्याम्प हरिनगरको संयुक्त टोलीले काठ र साइकल बरामद गरेको सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश साहले बताए ।

त्यसैगरी अस्थायी प्रहरी चौकी छेदी चौक र गरुडा इलाका प्रहरी कार्यालय गरुडाको टोलीले मंगलबार राति नै ३ थान सालको गोलिया र ३ वटा साइकल बरामद गरेको छ ।

गस्ती टोलीलाई देखेपछि तस्करहरू भाग्न सफल भएको प्रहरीले जनाएको छ । बरामद काठको बजार मूल्य एकलाख रुपैयाँ भन्दा बढी पर्ने जनाइएको छ । बरामद काठ सेक्टर वन कार्यालय चोंचा र ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छ ।

सेक्टर वन चोंचाका अधिकृत राजेश साहले पछिल्लो समय रौतहटमा बढेको अवैध काठ तस्करीमा वनका केही हेरालुको संलग्नता हुनसक्ने आशंका गरेका छन् । काठ तस्करीबारे थप अनुसन्धान भइरहेको र चाँडै नै यसमा संलग्नहरुको पहिचान हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप