सेनिटाइजर कालोबजारी मुद्दामा कैफियत प्रतिवेदन माग्न सर्वोच्चको आदेश
बुधबार, १० कात्तिक २०७८, १३ : ३५
सेनिटाइजर कालोबजारी गरेको आरोपमा थुनामा रहेका भारतीय नागरिकको मुद्दामा सर्वोच्च अदालतले ‘कैफियत प्रतिवेदन माग्ने’ आदेश गरेको छ । बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सो आदेश गरेका हुन् ।
जेठ २४ मा महानगरीय प्रहरी परिसर काठमाडौंले सानो भर्याङस्थित भारतीय नागरिक रोशन जैसवालले सञ्चालन गरेको सेनिटाइजर उद्योगमा छापा मारेको थियो । जैसवालले बिना दर्ता उद्योग सञ्चालन गरेको ‘क्लिन ह्याण्ड रव’ नामको सेनिटाइजर बरामद गरेको थियो ।
ठुलो परिमाणमा सेनिटाइजर बरामद गरेर प्रहरीले उनीविरुद्ध कालोबजार तथा सामाजिक अपराधसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । जैसवालले आफु थुना बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेर सर्वोच्चमा रिट हालेका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल