मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘काँडेतार’ मा सुरविना

बुधबार, १० कात्तिक २०७८, १३ : २२
बुधबार, १० कात्तिक २०७८

फिल्म ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन् सुरविना कार्की । पहिलो फिल्मबाटै बोल्ड अभिनेत्रीको छवि बनाउन सफल उनले त्यसपछि करिब आधा दर्जन फिल्ममा अभिनय गरिन् । तर कुनै पनि फिल्मले उनको करियर माथि उठाउन सकेन ।

नेपाली फिल्ममा आफुले सोचेजस्तो सफलता हात पार्न नसकेपछि बलिउड छिर्ने भन्दै भारत समेत केही वर्ष बसिन् उनी । तर बलिउड छिर्ने सपना पनि उनको पूरा हुन सकेन । कोरोना महामारीको समय फेरि नेपाल फर्किएकी उनले लकडाउनको समय ‘के माया लाग्छ र ?’ बोलको गीत अभिनय गरिन् । उक्त गीतबाट फेरि एकपटक चर्चामा छाएकी कार्की अहिले भने निर्माणधिन फिल्म ‘काँडेतार’ मा अनुबन्धित भएकी छन् ।

अभिनेता तथा निर्देशक नवल खड्काले फिल्मका लागि उनलाई अनुबन्धित गरेका हुन् । फिल्मको मुख्य भूमिका लागि यस अगाडि अभिनेता गौरव पहारी, रेविका गुरुङ, रविन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की महेश गिरी लगायत छानिएका छन् ।

निर्देशक खड्काको समेत मुख्य अभिनय रहने फिल्म खड्काले शंकर कार्कीसँग मिलेर बनाउन लागेका हुन् । तिहारपछि छायांँकनमा निस्कने फिल्मले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय कथाको रुपमा उठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप