शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृषि कम्पनीको आवरणमा ठगेको आरोपमा पक्राउ

बुधबार, १० कात्तिक २०७८, १३ : ०५
बुधबार, १० कात्तिक २०७८

कृषि कम्पनी देखाएर ठगेको आरोपमा प्रहरीले सुनसरीको वराहक्षेत्रबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बुढानिलकण्ठ घर भएका ४३ वर्षीय दिपक कुमार खड्का छन् । 

‘बगैंचा नेपाल एग्रिकल्चर प्रालि’ नामक संस्थाको कार्यालय खोलेर उनले किसान र व्यापारीलाई ठगेको जिप्रका सुनसरीका प्रवक्ता (डिएसपी) नरेन्द्र कार्कीले रातोपाटीलाई बताए । करिब पाँच महिनाअघि आरोपीले सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टी बजारमा कृषि कम्पनीको कार्यालय स्थापना गरेका थिए । 

सो क्षेत्रका कृषक, व्यापारी र भोजपुरबाट दशैँका लागी बेच्न ल्याएको २९ वटा खसीबोका समेत गरि उनले करिब ११ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीमाथि ठगी मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप