ad

हाम्रो पात्रो निर्देशक बोर्ड अध्यक्षमा डा. रुद्र पाण्डे

person explore access_timeकात्तिक १०, २०७८ chat_bubble_outline0

मोबाइल एप हाम्रो पात्रोको निर्देशक बोर्ड अध्यक्षमा डा. रुद्र पाण्डे नियुक्त भएका छन् । डा. पाण्डे नेपाली सफ्टवेयर उद्योगका ज्ञाता र अमेरिकामा सफल उद्यमी रहेका हाम्रो पात्रोले जानकारी दिएको छ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले डा. पाण्डेको नेतृत्व पाउँदा आफूहरू उत्साहित भएको बताएका छन् । डा. पाण्डेले पनि हाम्रो पात्रोलाई थप सफल र वृहत बनाउन लागिपर्ने उल्लेख गरेका छन् । 


हाम्रो पात्रो एप अहिलेसम्म १ करोडभन्दा धेरै पटक डाउनलोड भइसकेको छ । नेपाल र विदेशमा रहेका लाखौं नेपालीले यो मोबाइल एप प्रयोग गरिरहेका छन् । सन् २०२१ मा सामान्य क्यालेन्डरयुक्त मोबाइल एपबाट सेवा सुरु गरेको हाम्रो पात्रो यतिखेर नेपालकै ठूलो मोबाइल प्लेटफर्म बनिसकेको छ । अहिले यो मोबाइल एपमा पात्रोसहित समाचार, रेडियो प्रसारण र ज्योतिष लगायत सेवा उपलब्ध छन् ।
 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।