आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको इजलासमा ५ मुद्दाको सुनुवाइ, दुईवटामा कारण देखाउ आदेश जारी

बुधबार, १० कात्तिक २०७८, १२ : ५९
बुधबार, १० कात्तिक २०७८

न्यायाधीशहरुको इजलास बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका छन् ।  जसमा दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन् भने एक मुद्दा तामेलीमा राखेका छन् । यस्तै एउटा मुद्दा फिर्ता गर्ने र अर्कोमा कैफियत माग गर्ने आदेश भएको छ । 

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने आदेश भएको छ । यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिने आदेश भएको छ भने  ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । 

यस्तै कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश भएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप