ad

फिल्मको एउटा दृश्यका लागि १ सय हात्तीको अडिशन

person explore access_timeकात्तिक १०, २०७८ chat_bubble_outline0

ऋतिक रोशन र  ऐश्वर्या राय बच्च अभिनित फिल्म ‘जोधा अकबर’ ब्लकबस्टर साबित भएको थियो । तर, यस फिल्मका लागि गरिएको मेहनत पनि कम्ती थिएन । फिल्ममा ठूलै लगानी गरिएको थियो । यस फिल्मसँग जोडिएको एउटा किस्साले कसरी पैसाको खोलो फिल्ममा बगाइएको थियो भन्ने पुष्टि गर्छ । फिल्मका सह निर्माताका तथा निर्देशक आशुतोष गोवारिकरकी पत्नी सुनिता गोवारिकरका अनुसार यस फिल्ममा एउटा सिनका लागि आशुतोषले  १ सयवटा हात्तीहरुको अडिशन लिएका थिए । सुनिताले आफ्नो इन्स्टाग्राममार्फत भिडियो शेयर गर्दै यस किस्सा सुनाएकी हुन् । सुनिताले यति धेरै हात्ती किन चाहिन्छ भनेर आशुतोषसँग सोधेकी पनि थिइन् । आशुतोषको जवाफ थियो, ‘भाले हात्ती निकै आक्रामक हुन्छ । त्यसैले कलाकार तथा प्राविधिकको सुरक्षाका लागि महिला हात्तीहरु पनि ल्याउनु जरुरी छ ।’ 


आशुतोषले सबै हात्तीहरु एकै आकारको हुनुपर्ने माग पनि गरेका थिए । यसरी यी हात्तीहरुलाई सेटमा ल्याइयो । त्यसपछि आशुतोषले नाम लिएर उनीहरुलाई बोलाउन थाले । यसमध्ये ८० वटा हात्ती फिल्ममा देखिए । आईएमडिबीका अनुसार फिल्मको सुटिङका १ सय घोडा र ५५ ऊँट पनि प्रयोग गरिएको थियो । ऋतिक रोशन हात्तीहरुसँग् समय बताउथें, ताकि उनीहरुसँग घुलमिल हुन सकियोस् । ऋतिकको गन्ध र आवाजलाई समेत हात्तीहरुले चिन्न थालिसकेका थिए । 
फिल्ममा भव्य सेट, शानदार एक्सन सिन, रोमान्टिक गीत, ऋतिक रोशन र ऐश्वर्या राय बच्चनको केमेस्ट्रीलगायत धेरै विशेषता थिए ।




 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।