मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व इन्सपेक्टर ठगी आरोपमा पक्राउ

बुधबार, १० कात्तिक २०७८, १२ : १५
बुधबार, १० कात्तिक २०७८

ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर उनले ठगेको आरोप छ ।

पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले उनीविरुद्ध बैंकिङ कसुरको उजुर गरेका छन् । प्रारम्भिक अनुसन्धानबाट केसीले ५ करोडभन्दा बढी ठगेको देखिएको एसपी बस्नेतले बताएका छन् । सञ्जय अधिकारीलाई मात्र केसीले ४ करोड रकम तिर्नुपर्ने देखिएको छ । बानेश्वरबाट पक्राउ गरेर उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप