प्रधानन्यायाधीशले आफूमात्रै रहने पेसीसमेत तोके, बस्ला त बेञ्च ?
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलाससहितको पेसी तोकेका छन् । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा प्रधानन्यायाधीश जबराले बुधबार आफू मात्रै रहने पूर्ण इजलासमा पनि पेसी तोकेका छन् ।
प्रधानन्यायाधीश जबराले बुधबारका लागि आफूसहित वरिष्ठतम् न्यायाधीशहरु रहेको संवैधानिक इजलासमा पनि पेसी तोकेका छन् । यद्यपि अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गर्ने गरी बिहान ११ः३० बजे आन्तरिक छलफल डाकेका छन् ।
अन्य न्यायाधीशहरु इजलासमा नबसेपनि आफू एक्लै बस्न मिल्ने गरी प्रधानन्यायाधीश जबराले पूर्ण इजलास (प्रधानन्यायाधीश एक्लै बसेपनि) मा आफ्ना लागि ५ वटा मुद्दा राखेर पेसी तोकेका छन् । प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ ।
त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।
अन्य न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरेर इजलास बहिष्कार गरिरहँदा प्रधानन्यायाधीशले आफू मात्रै रहने इजलास तोक्नुले बुधबार केही मुद्दाको सुनुवाई गर्न खोजेको देखिन्छ । यद्यपि कानुन व्यवसायीहरुले इजलास बहिष्कार गर्ने बताएका कारण प्रधानन्यायाधीशले आफू मात्रै रहने इजलासको गठन गरेर पेसी तोकेपनि इजलास बस्न सक्ने सम्भावना भने ज्यादै कम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग