शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बसको ठक्करबाट महिलाको मृत्यु

बुधबार, १० कात्तिक २०७८, ११ : १२
बुधबार, १० कात्तिक २०७८

खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७७८४ नंको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भगतलाई उपचारका लागि यहाँको रुपनीस्थित युनिक अस्पताल भर्ना गरिएकामा मृत्यु भएको चिकित्सकले बताएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ ।

शवको आज परीक्षण गरी परिवारका सदस्यलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बस र चालक मोरङ धनपालथान गाउँपालिका–३ का ३२ वर्षीय विनोद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप