शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सुर्खेतका ९६ वडामा सर्वसम्मत नेतृत्व चयन, सल्यानका ९ पालिकाकमा अधिवेशन सम्पन्न

बुधबार, १० कात्तिक २०७८, १० : ४८
बुधबार, १० कात्तिक २०७८

यतिबेला नेकपा एमालेको वडा र पालिका अधिवेशन चलिरहेको छ। कार्तिक ६ गते वडा अधिवेशन गर्ने भनिएपनि सुर्खेतका केही ढिला गरी मंगलबार वडा अधिवेशन गरिएको छ । नेकपा एमाले सुर्खेतका अध्यक्ष धुर्वकुमार शाहीले रातोपाटीलाई दिएको जानकारी अनुसार बराहताल गाउँपालिकाका ३ वटा वडा बाहेक ९६ वटा वडातहमा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

उनले बाँकी रहेका २ वटा वडामा बुधबार हुने र एउटा वडामा १२ गते हुने उनले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिकाका उपमेयर तथा एमाले नेतृ मोहनमाया ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा हरि पौडेल, २ मा लालसिंह सुनार, ३ मा विनोदसिंह विष्ट,  ४ मा नवराज कँडेल, ५ मा बासु आचार्य, ६ मा चक्र खड्का, ७ मा खड्गबहादुर दर्लामी, ८ मा देवी पौडेल (महिला), ९ मा धनबहादुर सलामी, १० मा लक्ष्मी शाही (महिला), ११ मा रविन्द्र रेग्मी, १२ मा चुडामणि चपाइ, १३ मा बासुदेव पौडेल र १४ को अध्यक्षमा नवराज रोकायलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको छ ।

यस्तै वडा नम्बर १५ मा  हिक्मत वली र वडा नम्बर १६ मा भुपेन्द्र ज्ञवाली अध्यक्ष बनेका छन् ।  एमाले जिल्ला अध्यक्ष शाहीका अनुसार पञ्चिपुरी नगरपालिकाका पनि सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जसमध्ये वडा नं.– १ को अध्यक्षमा हिक्मतबहादुर बुढा, २ मा भीमबहादुर बुढा, ३ मा रामु चपाई, ४ मा रामप्रसाद अधिकारी, ५ मा पदमराज रिमाल, ६ मा शेरबहादुर सार्की चयन भएका छन् । 

यस्तै  ७ नम्बर वडामा मानबहादुर साउद, ८ मा पञ्चासिंह थापा, ९ मा पूर्णप्रसाद खराल, १० मा सुरेश शर्मा, ११ दिलु सुनार अध्यक्षमा चयन भएका छन् । अन्यको तथ्याङ्क संकलन हुँदैछ ।

यस्तै सल्यान जिल्लाका १० पालिकामध्ये नौ वटा पालिकामा मंगलबार अधिवेशन सम्पन्न भएको एमाले सल्यानले जनाएको छ । एमाले सल्यानका अध्यक्ष गोविन्द पुनका अनुसार कपुरकोट गाउँपालिकाको अध्यक्षमा द्रोण केसी (६१ सदस्यीय कमिटी),  शारदा नगरपालिकाको अध्यक्षमा मधुसुदन शर्मा (७५ सदस्यीय कमिटी), बागचौर नगरपालिकाको अध्यक्षमा घनश्याम शर्मा (७५ सदस्यीय कमिटी), कालिमाटी गाउँपालिकामा केशर बुढा, त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का र छत्रेश्‍वरी गाउँपालिकामा बहादुर खड्का अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै कुमाख गाउँपालिकामा भैरव शाह, सिद्धकुमाख गाउँपालिकामा पुष्पाकुमारी बोहोरा र दार्मा गाउँपालिकाको अध्यक्षमा बलबहादुर वली अध्यक्षमा चयन भएको एमाले सल्यानले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप